coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चर्चित चिनियाँ टिकटक स्टारको लाइभमै पेट्रोल छर्केर आगो लगाई हत्या

चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्वपतिले पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन्। भिडियो लाइभमा आएकी ३० वर्षीया लामुको पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो।

यसरी आक्रमण भएको दुई सातापछि उपचारका क्रममा मृत्यु उनको मृत्यु भएको बीबीसीले जनाएकाे छ।   लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो भने लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए। ती महिला चिनियाँ संस्करणको टिकटक 'डोइन'मा चर्चित थिइन् जहाँ उनलाई लाखौंले पछ्याउने गरेका थिए। 

घटनामा संलग्न रहेको आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको चिनियाँ प्रहरीले जनाएको छ।

चीनको सिचुवान प्रान्तकी बासिन्दा ३० वर्षीय लामु टिकटकमा पोस्ट गर्ने ग्रामिण जीवन झल्काउने सुखद् टिकटक भिडिओका कारण टिकटक प्रयोगकर्तामाझ चर्चित रहँदै आएकी थिइन्। 

प्रकाशित: १६ आश्विन २०७७ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App