१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

हाथरस हिँडेका राहुल गान्धी प्रहरी नियन्त्रणमा

उत्तर प्रदेशको हाथरसमा दलित युवतीको ग्याङ रेपपछि हत्याको घटनाका पीडित परिवारलाई भेट्न जाँदै गरेका कांग्रेस नेता राहुल गान्धी र प्रयंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरु चढेको गाडीलाई नोएडाको एक्सप्रेस रोडमा प्रहरीले रोकेको थियो। त्यसपछि राहुल गाडीबाट झरेर पैदल नै हिँडेका थिए। पैदल हिँडेका उनीहरुलाई प्रहरीले रोकेपछि झडपको स्थिति आएको थियो। कांग्रेस नेता कार्यकर्ताले उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको आरोप लगाएका छन्।

‘म एक्लै त्यहाँ जान चाहन्छु। शान्तिपूर्णरुपमा त्यहाँ जान्छु। १४४ अनुसार भीड गर्न पाइदैन, सभा गर्न सकिदैन, यो त मैले गरेको छैन। मलाई कुन धारा अनुसार गिरफ्तार गरियो? १८८ अनुसार मलाई कसरी गिरफ्तार गरियो? म एक्लै जान सक्दिन? मैले कुन आदेश मानिन?’, राहुल गान्धीले प्रहरीलाई प्रश्न गरेका थिए।

उत्तर प्रदेशमा भइरहेका बलात्कारका घटनाबारे कांग्रेसले योगी आदित्यनाथ सरकारविरुद्ध प्रहार गरिरहेको छ।

 

 

प्रकाशित: १५ आश्विन २०७७ ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App