८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इजरायलका प्रधानमन्त्री भन्छन् : लकडाउन हट्न अझै १ वर्ष लाग्न सक्छ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक कोभिड–१९ बन्दाबन्दीबाट मुक्त हुन ६ महिनादेखि एक वर्षसम्म लाग्नसक्ने बताएका छन्।

“यो लकडाउनबाट बिस्तारै  र क्रमिक रूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक वर्षसम्म रहन सक्छ,“ उनले बुधबार मन्त्रिपरिषद्को बैठकमा भने। 

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीले नागरिकलाई उनीहरूको घरबाट २०० मिटरभन्दा बाहिर जानबाट रोक्नुपर्ने र अति आवश्यक बाहेकका गतिविधिलाई नियन्त्रण गर्न थप प्रतिबन्धका लागि आग्रह गरेका छन्। हालका प्रतिबन्धले उक्त सीमालाई हजार मिटरमा राखेको छ ।

इजरायलले सेप्टेम्बर १८ देखि तीन हप्ताका लागि दोस्रोपटक राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ। इजरायलमा सुरुमा फेब्रुअरीमा भाइरसबाट सङ्क्रमित पहिलाे बिरामी फेला परे पनि पछिल्ला केही हप्ता यहाँको सङ्क्रमण दर बढ्न थालेपछि दोस्रोपटक लकडाउन घोषणा गरेको हो।  

इजरायलमा कोभिड–१९ नियन्त्रणका लागि लिइएका नियन्त्रण उपायका कारण अर्थतन्त्रमा व्यापक प्रभाव परेको छ। इजरायलको झण्डै एक चौथाइ अर्थात् नौ लाख श्रमशक्ति कोरोनाका कारण बेरोजगार बनेको इजरायली रोजगार सेवा केन्द्रद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित: १५ आश्विन २०७७ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App