coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरिया विरुद्ध अमेरिकी थप प्रतिबन्धहरु घोषणा

संयुक्तराज्य अमेरिकाले एक दर्जनभन्दा बढी सिरियाली नागरिक र संस्था विरुद्ध बुधबार नयाँ प्रतिबन्धहरु घोषणा गरेको छ । सिरिया सरकार विरुद्ध थप दबाब सिर्जना गर्न नयाँ प्रतिबन्धहरु घोषणा गर्नु परेको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।  

प्रतिबन्ध घोषणा गरिएकाहरुमा सिरियाली गुप्तचर निकायका प्रमुख, सिरियाली केन्द्रीय बैंकका गभर्नर र एउटा व्यावसायिक संजाल रहेका छन् ।  

अमेरिकी विदेश मन्त्रालयले पनि सिरियाली द्वन्द्वमा भूमिका रहेको भन्दै अरु तीन सिरियाली नागरिकलाई कालोसूचीमा राखेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार कालोसूचीमा राखिएका व्यक्तिको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको र ती व्यक्तिसँग कुनै पनि प्रकारको कारोबार गर्न अमेरिकी नागरिकलाई प्रतिबन्ध लगाइएको छ । 
रासस

प्रकाशित: १५ आश्विन २०७७ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App