११ कार्तिक २०७७ मंगलबार
अन्तर्राष्ट्रिय

विश्वका पाँचौं धनी व्यक्ति मास्कले किन भने, ‘म कोरोनाको भ्याक्सिन लगाउँदिन’

अमेरिकाका प्रशिद्ध व्यापारी एन मस्कले कोरोना भाइरसको भ्याक्सिन तयार भएपछि पनि आफुले नलगाउने बताएका छन्। फोर्ब्सका अनुसार स्पेसएक्स र टेस्लाका मालिक मस्क विश्वका पाँचौ धनी व्यक्ति हुन्। भ्याक्सिनका बारेमा उनको भनाई अहिले चर्चित भइरहेको छ। न्यूयोर्क टाइम्सको एक पोडकास्टमा उनले भनेका छन्, ‘न म कोरोनाको भ्याक्सिन लगाउँछु न मेरो बच्चा।’

मस्कले आफुलाई करोनाको खतरा नभएको बताउने गरेका छन्। कोरोनाका कारण अमेरिकामा प्रतिवन्ध लगाउँदा पनि उनले आफ्नो टेस्ला फ्याक्ट्री खोल्ने बताएका थिए।

मास्कले कोरोना भाइरसका कारण गरिएको लकडाउनलाई पनि अनैतिक भनेका थिए। महामारीका कारण असुरक्षित महसुस गर्दै कार्यालय नआउने कर्मचारीलाई उनले कामबाट हटाएका थिए।

अमेरिकाका विभिन्न ठाउँमा लकडाउन गरेर गल्ती भइरहेको उनको भनाई छ। उनले लकडाउन नगरेर खतरा भएकालाई क्वारिन्टिनमा राख्न भनेका छन्।

अन्तरवार्ताको क्रममा उनलाई मानवताको कुरा गर्ने, अन्तरिक्षमा खोजको योजना बनाउने, इको-फ्रेन्डली कार बनाउने तर कोरोना भ्याक्सिन किन नलगाउने भन्ने प्रश्न गरिएको थियो। जवाफमा मास्कले लकडाउन समाधान भएको बताए। कोरोना भाइरसको कारण मानवताप्रति विश्वास घटेको उनले बताए। मानिस तर्कहिन भएको उनको भनाई छ।

 

 

 

प्रकाशित: १४ आश्विन २०७७ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App