coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति चुनावको वहस : ‘सट-अप’ देखि ‘स्टप टकिङ’ सम्म

अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डोनाल्ड ट्रम्प र जो वाइडनबीच बुधबार पहिलो वहस भएको भएको छ। उनीहरुले फरक फरक स्वास्थ्य, न्याय, नस्लीय भेदभाव तथा अर्थव्यवस्था जस्ता मुद्दाबारे कुरा गरे भने एक अर्कामाथि तिखो प्रहार गरे।

कोरोना भाइरसबारे सोधिएको प्रश्नमा डोनाल्ड ट्रम्पले भनेका छन्, ‘मेरो ठाउँमा जो वाइडन हुन्थे भने अमेरिकामा अझ धेरै मानिसको मृत्यु हुने थियो।’ त्यसको जवाफमा वाइडनले महामारीसँग लड्न ट्रम्पसँग कुनै योजना नभएको बताए।

अमेरिकामा ७० लाख भन्दा धेरैलाई कोरोना भाइरस संक्रमण भएको छ भने दुई लाख भन्दा धेरैको ज्यान गएको छ।

ट्रम्पले कोरोना नियन्त्रणका लागि आफुले निकै काम गरेको बताए भने वाइडनले ट्रम्प प्रशासनले त्यसका लागि कुनै काम गर्न नसकेको आरोप लगाए।

दुवै नेताहरुले एक दोस्रोमाथि मास्क, भ्याक्सिन र भौतिक दूरी जस्ता विषयमा आरोप प्रत्यारोप गरे।

कार्यक्रमका होस्ट व्यालेसले महामारीको समयमा पनि किन ठूला र्यानली निकालेको भन्ने प्रश्न ट्रम्पलाई गरेका थिए। त्यसको जवाफ पनि ट्रम्पले हलुका ढ्गबाट दिए, उनले भने, ‘वाइडनले पनि यति ठूला र्या्ली निकाल्न सकेको भए त्यसै गर्ने थिए।’

बहसको क्रममा ट्रम्प र वाइडनले एक दोस्रोमाथि निकै प्रहार गरे। एक दोस्रोले ‘सट-अप’ समेत भन्न भ्याए।

कुनै विषयमा त ट्रम र वाइडन एक अर्काबीच झगडा नै गर्न थाले। झगडा यति धेरै बढ्न थाल्यो कि होस्ट क्रिस वालेसले ‘स्टप टकिङ’ अर्था चुप लाग्नुस्सम्म भन्ने अवस्था आयो।

बहसको क्रममा ट्रम्पले आफु अमेरिकाको सबै भन्दा राम्रो राष्ट्रपति भएको बताए। उता वाइडनले ट्रम्प सबैभन्दा खराब व्यक्ति भएको र उनी झुठा भएको आरोप लगाए।

 

 

 

प्रकाशित: १४ आश्विन २०७७ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App