coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सहरकाे पानीमा मस्तिष्क खाने जीवाणु, नुहाउन पनि डर !

क्याप्शन

अमेरिकाको टेक्ससस्थित लेक ज्याक्सनमा खानेपानीमा मानिसको गिदी खाने घातक जीवाणु भेटिएपछि सन्त्रास फैलिएको छ।  

बीबीसीका अनुसार सार्वजनिक रूपमा वितरण गरिएको धाराको पानीमा नेग्लेरिया फाउलेरी नामको घातक सूक्ष्मजीव भेटिएकाे हाे।

त्यस्तो सूक्ष्म जीवाणुले दिमागमा सङ्क्रमण गर्न सक्ने परीक्षणबाट पुष्टि भएको छ।  

यस्तो पत्ता लागेपछि स्थानीय बासिन्दालाई धाराको पानी प्रयोग नगर्न चेतावनी दिइएको छ।

लेक ज्याक्सनका अधिकारीले आफूहरूले वितरित पानीलाई जीवाणुरहित पारिरहेको र त्यो पूरा हुन कति लामो समय लाग्छ अहिले भन्न नसकिने बताएका छन्।

टेक्ससका ८ समुदायलाई शुक्रबार राति नै धारामा आउने पानीको प्रयोग शौचालयमा फ्लसका लागि बाहेक प्रयाेग नगर्न भनिएको छ।  

तर शनिबार त्यहाँका अधिकारीले पानी प्रयोग गर्न सकिने तर खानुअगाडि राम्ररी उमाल्नुपर्ने बताएका छन्। नुहाउँदा पनि पानी नाकभित्र नपसोस् भनेर सतर्क हुन उनीहरूले त्यहाँका मानिसलाई सुझाव दिएका छन्। 

लेक ज्याक्सनमा २७ हजारभन्दा बढी मानिस बस्छन्।

प्रकाशित: ११ आश्विन २०७७ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App