coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतले आक्रमण गर्ने खतरा बढेपछि चीन ‘अलर्ट’

भारतले आफ्ना सेनालाई सीमा क्षेत्रमा चिनियाँ सैनिक अगाडि बढेमा गोली चलाउन निर्देशन दिएपछि चीनले पनि त्यसअनुरूप तयारी थालेको छ।  

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित खबरअनुसार भारतीय सैनिकले सीमा क्षेत्रमा कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै चीनलाई पनि त्यसअनुरूप आफ्ना सेना ‘अलर्ट’ अवस्थामा राख्न चिनियाँ विज्ञले सुझाव दिएका हुन्।  

केही दिनअघि भारतको एक शीर्ष पत्रिका द हिन्दुले सीमा क्षेत्र लद्दाखमा भारतले सैनिक थपिरहेको र चिनियाँ सेनाले निहुँ खोजेका खण्डमा सीधै गोली हान्न आफ्ना सेनालाई अनुमति दिएको खबर छापेको थियो।  

त्यही विषयमा चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले पर्यवेक्षकलाई उधृत गर्दै भारतले सीमा क्षेत्रमा आफ्ना सैनिक थप्ने तथा सेनालाई गोली चलाउने अनुमति दिएमा दुई देशबीच अझ तनाव बढ्ने र भारतका लागि त्यसको परिणाम अकल्पनीय हुने चेतावनी दिइएको खबर छापेको हो।  

भारतले दुई देशबीच सीमामा तनाव गर्ने सहमतिविपरीत गतिविधि गरिरहेको उक्त अखबारमा उल्लेख छ।  

ग्लोबल टाइम्सले लेखेको छ– ‘दुई देशको सैन्य कमान्डर स्तरमा भएको बैठकमा सीमामा सैनिक नथप्ने सहमति भएको थियो, तर भारत यसमा इमान्दार नहुँदा तनाव बढिरहेको छ।’

यो पनि पढ्नुहोस्

‘भारतीय सैनिकले आश्चर्यजनक ढंगले चीनमा आक्रमण गर्ने खतरा!’

 

प्रकाशित: ११ आश्विन २०७७ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App