coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा हुवावे कम्पनीको अनुसन्धान केन्द्रमा आगो लाग्यो, तीन कर्मचारीको मृत्यु

चीनको दोङगुआन सहरस्थित हुवावे कम्पनीको अनुसन्धान केन्द्रमा आगलागी भएको छ। घटनामा तीन जनाको मृत्यु भएको छ।  

चिनियाँ अधिकारीका अनुसार चिनियाँ कम्पनी हुवावेले हालै स्थापना गरेको एक नयाँ अनुसन्धान केन्द्रमा शुक्रबार अचानक आगलागी भएको हो।  

आगलागीपछि घटनास्थलबाट कामदार उद्धार गर्ने क्रममा तीन कामदार मृत भेटिएका हुन्।  भवनबाट निस्किएको धुवाँको मुस्लोले आकाशै कालो भएको थियो। 

आगलागी नियन्त्रणका लागि १ सय ४० अग्निनियन्त्रक टोली घटनास्थल पुगेको चिनियाँ टेलिभिजन सिसिटिभीले जनाएको छ।  

प्रकाशित: १० आश्विन २०७७ १०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App