coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाका नेता किम जोंग उनले किन माफी मागे ?

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरियाका एक अधिकारी मारिएको विषयमा माफि मागेका छन्।

उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनसँग यस्तो घटना नहुनु पर्ने बताएका हुन्।

दक्षिण कोरियाका अनुसार ४७ वर्षीय एक व्यक्ति उत्तर कोरियाबाट भाग्ने कोशिष गरेका थिए। त्यसपछि उनलाई पानीमा लडाएर उत्तर कोरियाका सैनिकले गोली हानी मारेको दक्षिण कोरियाले बताएको छ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लू हाउसका अनुसार किम जोंक उनले राष्ट्रपति मूनलाई एक पत्र लेख्दै माफी मागेका हुन्। उत्तर कोरियाले दक्षिण कोरियलाई घटनाको जाँचको निश्कर्ष पनि पठाएको छ। ति व्यक्ति दक्षिण कोरियाबाट उत्तर कोरियाको सीमामा आएको र सोधपुछमा परिचय नबताई भाग्न खोजेको बताइएको छ।

उत्तर कोरियामा कोरोना महामारीका कारण बाहिरबाट देश प्रवेश गर्न निषेध गरिएको छ।

 

प्रकाशित: ९ आश्विन २०७७ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App