भारतको असामका मुख्यमन्त्री सर्बानन्द सोनोवालले राज्यका १२ हजार सुंगरलाई मार्न निर्देशन दिएका छन्। अफ्रिकी स्वाइन फ्लू(एएसएफ)बाट प्रभावित भएपछि सुंगुर मार्न निर्देशन दिएका हुन्। साथै मारिने सुंगरका मालिकलाई मुआबजा दिन पनि उनले निर्देशन दिएको भारतीय सञ्चार माध्यम द वायरले जनाएको छ।
पशु पालन तथा चिकित्सा विभागका एक वरिष्ठ अधिकारीले भाइरसका कारण हालसम्म राज्यका १४ जिल्लामा १८ हजार सुंगुर मरिसकेको जानकारी दिए। उनकाअनुसार अब छिट्टै बाँकी सुंगरलाई मारिने छ।
विभागका अधिकारीसँगको बैठकमा मुख्यमन्त्री सोनोवालले प्रभावित जिल्लामा संक्रमित सुंगुरलाई दशैंअघि नै मार्न निर्देशन दिएका हुन्।
यसबाट किसानलाई हुने क्षतिको मुआबजा दिन समेत उनले निर्देशन दिएका छन्। अब मारिने सुंगुरका मालिकलाई बैंक खातामार्फत पैसा पठाइने छ। यसअघि मरेको सुंगरपलक किसानलाई समेत राहतका लागि पहल गरिने उनले बताए।
प्रकाशित: ९ आश्विन २०७७ ०५:१४ शुक्रबार