coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चुनाव हारे पनि यसकारण म पदबाट हट्दिनँ : ट्रम्प

डोनाल्ड ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने निर्वाचनमा पराजित भए तापनि आफूले पद नछाड्ने चेतावनी दिएका छन्।  

हुलाकमार्फत गरिने मतदानमा धाँधली हुने भएकाले चुनावको नतिजाबारेको मुद्दा सर्वाेच्च अदालतसम्म पुग्ने उनको जिकिर छ।  

तर अमेरिकाका धेरै राज्यले अहिले कोरोना महामारी भएका कारण हुलाककाे सहयाेगमा गरिने मतदान सुरक्षित हुने कुरामा जोड दिइरहेका छन्। तर ट्रम्प यसमा पहिलेदेखि असहमत भइरहेका छन्।  

बुधबार साँझ ह्वाइट हाउसमा एक पत्रकारले ट्रम्पलाई सोधेका थिए, ‘तपाईं आफ्ना प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग हार्नुभयो वा बराबरी हुनुभयो भने शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गर्नुहुन्छ?’  

जवाफमा उनले हुलाकबाट पठाइने मतपत्रप्रति नै आफूलाई शंका रहेकाले सजिलै सत्ता नत्याग्ने जिकिर गरेका हुन्।  

सन् २०१६ मा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनसँग चुनाव लड्दा पनि डोनाल्ड ट्रम्पले नजिता स्वीकार नगर्ने बताएका थिए। तर चुनाव उनैले जिते।  

अघिल्लो महिना हिलारी क्न्टिनले जो बाइडेन कुनै पनि परिस्थितिमा हार नखाने बताएकी थिइन्। बिबिसीबाट

प्रकाशित: ८ आश्विन २०७७ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App