रुसमा आफूलाई क्रिश्चियन धर्मको गुरु जिसस क्राइस्ट भएको दाबी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
द गार्जियनका अनुसार आफू जिसस क्राइस्ट भएको र पुनर्जन्म लिएको भन्ने ५९ वर्षका सर्गी तोरोपलाई गिरफ्तार गरिएको हो।
उनी पूर्वट्राफिक प्रहरी भएको समाचारमा उल्लेख छ। उनलाई पक्रिन प्रहरीको टोली हेलिकप्टरबाट उनको आश्रममा पुगेको थियो।
उनले ३० वर्षयता थुप्रै अनुयायी बनाइसकेका थिए।
रुसको अनुसन्धान टोलीले सर्गीलाई गैरकानुनी धार्मिक संगठन बनाएकाे तथा अनुयायीबाट पैसा ठगी गरेको आरोप लगाएको छ।
प्रकाशित: ७ आश्विन २०७७ १०:४५ बुधबार