१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

विष खुवाएर बेहोस पारिएका नेता नाभाल्नी बाँच्न सफल, अस्पतालबाट डिस्चार्ज

फाइल तस्बिर : नेता अलेक्सी नाभाल्नी

जर्मनीस्थित अस्पतालले रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको स्वास्थ्यमा सुधार आएको भन्दै ३२ दिनपछि डिस्चार्ज गरेको छ।  

नाभाल्नीलाई खानामा नोभिचोक नामको रसायन (विष) मिसाएर खुवाइएपछि बेहोस अवस्थामा जर्मनीको च्यारिटी अस्पतालमा भर्ना गरिएको थियो।  

नाभाल्नीको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार भएको जनाएका छन्। तर विषको दीर्घकालीन असरबारे अहिल्यै बताउन कठिन रहेको उनीहरूले बताएका छन्।  

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने ४२ वर्षीय नाभाल्नीलाई रुसको आन्तरिक उडानका क्रममा गत अगस्ट २० मा अचेत भएपछि २ दिनपछि थप उपचारका लागि जर्मनी ल्याइएको थियो।  

जर्मनीका रासायनिक हतियार विज्ञले नाभाल्नीलाई सोभियतकालीन रासायनिक विषाक्त नोभिचोक खुवाइएको दाबी गरेका छन्। रसियाले नाभाल्नीलाई विष खुवाइएको बारे विस्तृत विवरण उपलब्ध गराउन जर्मनीसमक्ष आग्रह गरेको छ।  

नाभाल्नीका विषयमा रसिया र पश्चिमा राष्ट्रबीच आरोपप्रत्यारोप चलिरहेको छ।  एपी

प्रकाशित: ७ आश्विन २०७७ ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App