coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनलाई सघाएको आरोपमा अमेरिकी प्रहरी पक्राउ, दोषी ठहर भए ५५ वर्ष जेल

अमेरिकाको न्युयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारीलाई आफ्नो देशविरुद्ध चीनलाई गोप्य सूचना दिने गरेको आरोपमा पक्राउ गरिएको छ।  

बिबिसीका अनुसार ‘न्युयोर्क सिटी पुलिस डिपार्टमेन्ट’ (एनवाइपिडी) का अधिकारी बामडाजयी एङग्वाङलाई चीनको अवैध एजेन्टका रूपमा काम गरेको आरोपमा सोमबार पक्राउ गरिएको हो।  

उनको जन्म तिब्बतमा भएको हो भने उनका पिता अवकाश प्राप्त चिनियाँ सैनिक तथा माता पूर्वसरकारी कर्मचारी हुन्। दुवै चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बद्ध रहेको बताइएको छ।  

एङग्वाङले न्युयोर्कमा रहेका चिनियाँ नागरिकसँग मिलेर अमेरिकाका गोप्य कुरा चीनमा पुर्याउने गरेको आरोप छ। उनीविरुद्धको अभियोग प्रमाणित भए ५५ वर्ष जेल सजाय भोग्नुपर्नेछ।  

प्रकाशित: ६ आश्विन २०७७ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App