coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा बुबा, आमा र दुई छोरा झुन्डिएको अवस्थामा

भारतमा गहना व्यापार गर्ने एक व्यक्तिको परिवाका सबै सदस्य झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।  

भारतीय सञ्चारमाध्यममा अनुसार जयपुरका ४५ वर्षीय गहना व्यापारी यशवन्त सोनीसहित उनका श्रीमती ४१ वर्षीया ममता, दुई छोरा २३ वर्षीय अजित र २० वर्षीय भारत झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।  

गहना व्यापारी यशवन्त कानोता इलाकास्थित राधिका बिहारमा परिवारसँगै बस्थे। प्रहरीको प्रारम्भिक अनुसन्धानले यशवन्तले ऋण लिएका थिए। त्यो तिर्न भन्दै ऋण माफियाहरूले उनलाई निरन्तर प्रताडना दिइरहेका थिए।  

त्यही कारण उनको परिवारैले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। अहिले उनीहरूको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। फरेन्सिक टिमले चेकजाँच गरिरहेकाे दैनिक भास्करले जनाएकाे छ।

शनिबार यशवन्तका परिवारका कसैलाई बाहिर नदेखेपछि नजिकै बस्ने आफन्त उनको घरमा पुगेका थिए। ढोकाभित्रबाट लगाइएको थियो। तर कोही नबोलेपछि ती आफन्तले झ्यालबाट हेर्दा परिवारका चारै जना झुन्डिएको अवस्थामा देखे। त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।  

प्रहरीका अनुसार तीन बाउछोरा एउटै कोठामा झुन्डिएका थिए भने श्रीमती अर्कै कोठामा भुन्डिएकी थिइन्। श्रीमतीको आँखामा पट्टी थियो भने दुवै छोराका खुट्टा बाँधिएका थिए।  

छिमेकीका अनुसार राति केही मानिस घर आएका थिए र लेनदेनबारे विवाद भएको सुनिएको थियो। तर त्यसपछि के भयो कसैलाई थाहा भएन।  

यशवन्त गहनाको व्यापार गर्थे। मिडिया रिपोर्टका अनुसार प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ। तर यसबारे प्रतिक्रिया दिन प्रहरीले अस्विकार गरेको छ। दुई छोराका खुट्टा  किन बाँधिए र आमाको आँखामा पट्टी किन लगाइयो भन्ने विषयमा पनि प्रहरीले कुनै कुरा सार्वजनिक गरेको छैन।  

प्रहरीका अनुसार यशवन्तले एक महिनाअघि पनि आत्महत्याको प्रयास गरेको पाइएको छ। उनले हातको नसा काटेका थिए। त्यसबेला परिवारले अस्पताल लगेकाले उनी बाँचेका थिए।  

प्रकाशित: ४ आश्विन २०७७ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App