coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा होम आइसोलेसनमा नबस्नेलाई १५ लाख जरिवाना!

बेलातयका प्रधानमन्त्री बोरिस जोन्सन

बेलायतको सरकारले नियमपूर्वक होम आइसोलेसनमा नबस्ने नागरिकलाई १० हजार पाउन्डसम्म जरिवाना गर्ने नियम बनाएको छ। यो भनेको नेपाली रुपैयाँ करिब १५ लाख हुन आउँछ। 

बेलायती सरकारले बनाएको नियमअनुसार कोरोना पोजिटिभ (संक्रमित) भएका तथा संक्रमित व्यक्तिसँग सम्पर्क गरेका व्यक्तिले आफैं घरमा नियमपूर्वक आइसोलेसनमा बस्नुपर्नेछ। यो नियम यही सेप्टेम्बर २८ देखि लागू हुँदै छ।  

बेलायती सरकारले केही नयाँ कदम पनि चालेको छ। नयाँ नियमअन्तर्गत कम आय भएकालाई एकपटक ५०० पाउण्ड सहायता दिनुपर्ने र आइसोलेसनमा बस्न बिदा नदिने रोजगारदातालाई पनि सजाय हुनेछ।

यस्तै कुनै कम्पनीका मालिकले आइसोलेट भएका व्यक्तिविरुद्ध कुनै कदम उठायो भने उसलाई पनि कारबाही हुनेछ।  

बेलायतमा कोरोना संक्रमण बढ्दै गएकाले त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनले यस्तो कडा नियम बनाएका हुन्। बिबिसीबाट

प्रकाशित: ४ आश्विन २०७७ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App