११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिलोमा लडीबुडी गर्दा कोरोना लाग्दैन भन्ने भारतका यी सांसद नै भए संक्रमित (भिडियो)

भारतमा कोरोनासँग सम्बन्धित एउटा रमाइलाे घटना भएको छ। हिलोमा नुहाउँदा र शंख फुक्दा कोरोनाले छुन सक्दैन भनेर सामाजिक सञ्जालमा भिडियो सेयर गरेका एक सांसदलाई नै संक्रमण भएको हो।  

भारतीय सञ्चारमाध्यमका अनुसार त्यस्तो उदेकलाग्दो कुरा गर्ने राजस्थानका सांसद सुखवीरसिंह जौनापुरियालाई नै कोरोना संक्रमण पुष्टि भएको हो।  

एक महिना अगाडि मात्र उनले एक आफू हिलोमा नुहाउँदै र शंख फुक्दै गरेको भिडियो सेयर गर्दै यसो गर्दा कोरोना लाग्दैन भनेर दाबी गरेका थिए।  

तर यही सेप्टेम्बर १४ मा उनमा कोरोना संक्रमण पुष्टि भएको हो। अहिले उनी आइसोलेसनमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  

प्रकाशित: १ आश्विन २०७७ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App