८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतको बिहारमा चट्याङले १५ जनाको मृत्यु

क्याप्शन

भारतको बिहार राज्यका विभिन्न जिल्लामा केही दिनयता निरन्तरको वर्षासँगै परेको चट्याङले लागेर १५ जनाको मृत्यु भएको छ।  

चट्याङका कारण बितेका तीन दिनभित्र चट्याङले लागेर उनीहरूको मृत्यु भएको हो। साथै केही व्यक्ति नराम्ररी घाइते भएको बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकारीले बुधबार बिहान जानकारी दिएका हुन्।  

गत सोमबारदेखि यहाँ चट्याङ पर्न सुरु गरेको र बुधबार बिहानसम्म यसबाट मृत्यु हुनेको संख्या १५ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जनाएको छ।  

भारतीय सञ्चार माध्यमका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङका कारण १०० जनाभन्दा बढीको मृत्यु भएको थियो।  

मौसम खराब रहेकाले बाहिर ननिस्कन र चट्याङबाट बच्ने उपाय अपनाउन राज्यका सबै नागरिकलाई सूचना जारी गरिएको थियो।

यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङले लागेर ज्यान गएका व्यक्तिका परिवारलाई जनही परिवार ४ लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्। पीडित परिवारलाई सो रकम हस्तान्तरण गर्ने काम भइरहेको बताइएको छ।

प्रकाशित: ३१ भाद्र २०७७ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App