७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जुन १५ को झडपमा चीनतर्फ पनि ठूलो क्षति भएको थियो : भारत

भारतका रक्षामन्त्री राजनाथ सिंहले गत जुन १५ तारिखमा भारतीय सेनासँग भएको झडपमा चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गरेका छन्।  

बिबिसी हिन्दीका अनुसार मंगलबार संसदलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले सीमा रक्षाका क्रममा भारतका सेनाले देखाएको बहादुरीका कारण चीनतर्फ पनि  ठूलो क्षति भएको दाबी गरेका हुन्।  

गत जुन १५ तारिख दुई देशको सीमा पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएको थियो। त्यतिबेलै भारत सरकारले झडपमा आफ्ना २० सैनिकको मृत्यु भएको जानकारी गराएको थियो। तर चीनतर्फ के कति क्षति भयो भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।  

त्यो झडप भएको ३ महिनापछि भारतका रक्षामन्त्री सिंहले चीनका सेनातर्फ पनि धेरै क्षति भएको दाबी गरेका हुन्।  

प्रकाशित: ३० भाद्र २०७७ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App