१५ आश्विन २०७७ बिहीबार
अन्तर्राष्ट्रिय

भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन्। पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

उनलाई गत अगस्टको २ तारिखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उनलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो। त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहेका शाह त्यतिबेलाको सङ्क्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरी अस्पताल भर्ना र्भका हुन्।  

संसदको नयाँ अधिवेशन शुरु हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन्। 'गृह मन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरी उहाँलाई भर्ना गरिएको छ,' अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

प्रकाशित: २८ भाद्र २०७७ १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App