८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मस्जिदमा आगो लाग्दा १२ जनाको मृत्यु, ३५ भक्तजनको अवस्था गम्भीर

प्रतिकात्मक तस्बिर

बंगलादेशमा रहेको एक मस्जिदमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डिसनरबाट भएको आगलागीमा अन्य कैयौं मानिस घाइते भएका छन् ।  

अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राति आगलागी भएको हो । डढेको तथा प्लास्टिक सर्जरीसम्बन्धी केन्द्रीय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।  

उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए। घाइतेमध्ये अधिकांश ६० देखि ७० वर्षसम्मका छन्। स्थानीय समयानुसार शुक्रबार राति ९ बजेतिर आगलागी भएको हो।

अधिकारीले ग्यास चुहावटका रण भुइँ तलामा रहेका सबै आठैवटा  एयर कन्डिसनरमा आगलागी भएको बताएका छन् । घटना भएका बेला मस्जिदमा झण्डै सय भक्तजन प्रार्थनाका लागि आएका थिए। घटनाबारे अनुसन्धान सुरु भइसकेको सुरक्षाकर्मीले जानकारी दिएका छन्। एएनआई/सिन्ह्वा

प्रकाशित: २० भाद्र २०७७ १४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App