११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा एक दिनमा यति धेरै संक्रमित थपिए, जति विश्वमै कतै थपिएका थिएनन्

भारतमा विश्वकै उच्च दैनिक संक्रमण दर देखिएको छ ।  

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा विश्वमा एक दिनमा देखिएको भन्दा अहिलेसम्मकै धेरै संख्यामा संक्रमित थपिएका हुन् ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको हो ।  

यो महामारीयता विश्वकै उच्च दैनिक संक्रमण दर हो । अर्थात् अहिलेसम्म विश्वका कुनै पनि देशमा एक दिनमा यति धेरै संख्यामा संक्रमित थपिएका थिएनन् ।  

यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण ९४८ जनाको मृत्यु भएको छ । योसमेत भारतमा मृत्यु हुने संक्रमितको संख्या ६३ हजार ४९८ पुगेको छ ।  

यस्तै संक्रमितको कूल संख्या ३५ लाख ४२ हजार नाघिसकेको छ भने तीमध्ये २७ लाख १३ हजार बिरामी सञ्चो भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

प्रकाशित: १४ भाद्र २०७७ ०९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App