८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकाले स्वीकार गर्‍याे : रुस नै कोरोना खोप बनाउने विश्वको पहिलो राष्ट्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । 

यो पनि पढ्नुहोस्

विश्वमा सबभन्दा पहिले कोरोनाविरुद्ध सफल खोप हामीले बनायौं : रुस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन् ।

‘मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।  

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले रुसी खोपबारे सकारात्मक धारणा राखेका हुन् । कोरोना भाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि उनले बताए ।  

‘मलाई जानकारी भएसम्म कोरोना भाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु,’ उनले भने ।  

उनले चाँडै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गरे । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताए ।  

यो पनि पढ्नुहोस्

अन्ततः रुसले कोरोना खोपको उत्पादन सुरु गर्‍याे, यही महिनाकाे अन्तिमबाट लगाउन थालिने

आधारभूत प्रक्रिया पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारीक निकायले त्यसको प्रयोगका लागि स्विकृति दिने उनको भनाइ छ । नयाँ खोप प्रक्रियामा गएको र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरूलाई अन्त्यन्त धेरै खुसी लागेको उनले बताए ।  

उनले अमेरिकमा पनि केही बैज्ञानिकले तीनओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिए ।  

अहिलेसम्म औषधीको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरि महामारीका रूपमा फैलिएको कोरानो भाइरसविरुद्ध विश्वभरि धेरै वैज्ञानिकले औषधि बनाइरहेको दाबी गरेका छन् । तर ती सबै परीक्षणका क्रममा रहेका छन् भने अहिलेसम्म विश्व स्वास्थ्य संगठनले कसैलाई पनि कोरोनाको औषधिको मान्यता दिएको छैन ।  एएनआई

प्रकाशित: ३१ श्रावण २०७७ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App