८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कोरोनाविरुद्धको रुसी औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

कोरोना भाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ। चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए।

परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए। फिलिपिन्सका हजारौ बिरामीलाई रुसले बनाएको औषधि प्रयोग गरिने भएको छ। तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ।

बहुचर्चित रुसी औषधि यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराएका थिए। रुसले बनाएको भनिएको औषधिले अहिले विश्वभरी नै चर्चा पाएको छ भने केही देशहरुले औषधि किन्ने मागपत्र समेत पेश गरिसकेको जनाइएको छ।

प्रकाशित: २९ श्रावण २०७७ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App