coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रिब्युनले पाँच वटा समाचार कक्ष बन्द गर्ने

अमेरिकी पत्रकारितामा निकै प्रतिष्ठित प्रकाशन गृह ट्रिब्युन पब्लिसिङ कम्पनीले आफ्ना पाँच वटा प्रकाशन बन्द गर्ने निर्णय गरेको छ। कम्पनीका अनुसार न्यूयोर्कको डेली न्यूज र अन्नापोलिसको दी क्यापिटल गजेट समेत पाँच वटा अखबारको प्रकाशन बन्द हुनेछ।

तर कोरोना भाइरसका कारण घरबाटै काम गरिरहेका भन्दै फ्लोरिडाको ओर्लान्डो सेन्टिनेल, पेन्सिलभेनियाका दी मर्निङ कल र मेरिल्यान्डको क्यारोल काउन्टी टाइम्सको प्रकाशन भने यथावत रहने छ। यी अखबारका कामदारलाई कम्तीमा जनवरी २०२१ सम्म घरबाटै काम गर्न भनिएको छ।

सिकागो मुख्यालय रहेको कम्पनीका प्रवक्ता म्याक्स राइन्स्डोर्फले परिस्थितिमा सुधार आएमा सोही बमोजिम निर्णय हुने जानकारी दिए। कुनै समय देशकै सर्वाधिक बढी बिक्री हुने डेली न्यूज अखबारमा केही वर्षदेखि नै आर्थिक संकट देखापरेको थियो। पछि यो अखबार ट्रिब्युन पब्लिसिङ कम्पनीलाई सन् २०१७ मा १ डलरमा अखबारका संस्थापक मोर्टिमर जुकरम्यानले बिक्री गरेका थिए।  

ट्रिब्युनले डेली न्यूज खरिद गरेसँगै आधा कर्मचारी कटौती गरिदिएको थियो। यस अखबारको न्यूयोर्क प्लाजामा रहेका कार्यालयहरु बुधबारदेखि औपचारिक रुपमा बन्द हुँदैछन्। कर्मचारीलाई आफूसँग रहेका सबै सामान कम्पनीलाई हस्तान्तरण गर्न अक्टोबर ३० सम्मको समयावधि दिइएको छ।

ट्रिब्युनले हाल सिकागो ट्रिब्युन, दी बाल्टिमोर सन, भर्जिनियाको डेली प्रेस र दी भर्जिनियन–पाइलट तथा हार्टफोर्ड कुरान्ट प्रकाशन गरिरहेको छ।

प्रकाशित: २९ श्रावण २०७७ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App