८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सय दिनसम्म कोरोनामुक्त न्युजिल्यान्डमा फेरि देखियो संक्रमण !

न्युजिल्यान्ड । तस्बिर : राेयटर्स

सय दिनसम्म कोरोनामुक्त भएको भनेर चर्चा कमाएको न्युजिल्यान्डमा अन्ततः फेरि संक्रमण देखिएको छ ।  

बिबिसीका अनुसार त्यहाँको सबैभन्दा ठूलो सहर अकल्यान्डमा १४ नयाँ संक्रमित देखापरेका हुन् ।  

तीमध्ये १३ संक्रमितको सम्पर्क भर्खरै विदेश यात्राबाट न्युजिल्यान्ड फर्किएको परिवारसँग छ । तीन महिनादेखि कसैमा पनि कोरोना संक्रमण नदेखिएको न्युजिल्यान्डमा एकाएक नयाँ संक्रमण देखापरेपछि त्यहाँको सरकारलाई झट्का लागेको छ । 

‘हाम्रासामु गम्भीर स्थितिा देखापरेकाे छ,’ न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा अर्डर्नले एक पत्रकार सम्मेलनमा भने, ‘यसलाई एकदमै संयमित र विधिवत तरिकाले समाधान गर्नुपर्छ ।’

कोरोना संक्रमित देखिएका तथा उनीहरूसँग भेटघाट गरेका सबै व्यक्तिलाई तुरुन्त क्वोन्टिनमा रहन निर्देशन दिएका छन् ।  

कोरोना महामारी नियन्त्रणमा सफल भनेर अन्तर्राष्ट्रिय स्तरमा न्युजिल्यान्डको निकै प्रशंसा भएको थियो । न्युजिल्यान्डले पनि आफूलाई कोरोनामुक्त देश घोषणा गरेको थियो ।  

प्रकाशित: २९ श्रावण २०७७ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App