७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कोरोनाबाट संक्रमितमा विश्वमा तेस्रो भारत मृत्युमा पनि चौथो

कोरोनाबाट विश्वमा सबैभन्दा बढी संक्रमित भएका देशमा तेस्रो भारत मृत्युका हिसाबले पनि चौथो बनेको छ ।  

भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना संक्रमणका कारण देशमा अहिलेसम्म ४७ हजार ३३ जनाको मृत्यु भइसकेको छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार यो संख्या विश्वमा कोरोनाबाट तेस्रो बढी मृत्यु भएको देश ब्रिटेनपछिको हो । त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट ४ लाख ६७ हजार ९१ जनाको मृत्यु भएको छ ।  

कोरोनाबाट मृत्यु सबैभन्दा बढी अमेरिकामा भएको छ, त्यहाँ अहिलेसम्म मृतकको संख्या १ लाख ६६ हजार २७ पुगेको छ भने दोस्रोमा ब्राजिल छ । त्यहाँ कोरोनाका कारण अहिलेसम्म १ लाख ४ हजार २ सय १ जनाको मृत्यु भएको छ ।  

प्रकाशित: २९ श्रावण २०७७ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App