८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बौद्धमार्गी मुलुक कसरी जाेगिए महामारीबाट ?

कोभिड–१९

कोभिड–१९ को विश्वव्यापी महामारीमा दक्षिण पूर्वी एसिया एउटा रहस्य बनेको छ । महामारी उत्पत्तिको स्रोत मानिएको चीन र पछिल्ला दिनमा महामारीको ‘हटस्पट’ बनेको भारतसँग नजिक हुँदाहुँदै पनि आंशिक तथा पूर्ण रूपमा बौद्ध धर्म मान्ने कम्बोडिया, लाओस, मियान्मा, थाइल्यान्ड र भियतनमाले ‘हाच्छ्युँ’ पनि गरेका छैनन् ।

कुल ९ करोड ७० लाख जनसंख्या भएको भियतनाममा महामारीका कारण अहिलेसम्म एकजनाको पनि मृत्यु भएको छैन । ७ करोड जनसंख्या भएको थाइल्यान्डमा ५८ जनाको मात्र ज्यान गएको छ र त्यहाँ पछिल्ला ४० दिनमा स्थानीय संक्रमणको एउटा केस पनि भेटिएको छैन । मियान्मामा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ र ३ सय १७ जनामा संक्रमण छ । यसैगरी कम्बोडियामा १ सय ४१ जना र लाओसमा १९ जनामा भाइरस संक्रमण रहेको छ । ती देशमा अप्रिलदेखि नै स्थानीय स्तरमा संक्रमण देखिएकोे छैन र हालसम्म कसैको मृत्यु पनि भएको छैन । अब यसलाई द्वीपहरू मिलेर बनेका देश इन्डोनेसिया र फिलिपिन्ससँग तुलना गरौं । इन्डोनेसियामा हालसम्म ३४ सयको मृृत्यु भएको छ भने ६८ हजार १ सयमा संक्रमण छ । फिलिपिन्समा १३ सयको ज्यान गएको छ भने ५० हजार ४ सय संक्रमित छन् । यी दुवै देशमा संक्रमण फैलँदो क्रममा छ ।  

यसको कारण खोतल्दा ‘कर्मको प्रतिफल’ भनेर भन्न मिल्दैन किनभने भियतनामको कम्युनिस्ट शासक नास्तिक छ । भियतनामको सफलतालाई सजिलै कसरी बुझ्न सकिन्छ भने त्यसले आफ्नो उत्तरी छिमेकी चीनलाई ऐतिहासिक कालखण्डदेखि नै अविश्वास गर्दै आएको छ । भियतनामले यो वर्षको सुरुदेखि नै महामारीबारे चीनका भनाइ र आश्वासनलाई अविश्वास ग-यो । महामारीबारे थप जानकारी लिन साइबर आक्रमणसमेत ग-यो । सीमा बन्द ग-यो र आफ्नो अधिनायकवादी शक्तिलाई लकडाउन प्रभावकारी पार्न, संक्रमितको पहिचान र ट्रेस गर्न प्रयोग ग-यो । महामारी रोकथाम गर्न चिनियाँ अधिकारीहरू ठीक त्यही हिसाबले काम गरिरहेका थिए ।  

दक्षिण पूर्वी एसियाका बौद्धमार्गी देशहरू कम्बोडिया, लाओस, म्यान्मार, थाइल्यान्ड र भियतनाम काेराेना प्रभाव न्यून देखिएकाे छ ।

केही सरकारसँग आत्माभिमानी शक्ति र सुदृढ स्वास्थ्य प्रणाली भएका कारण चीन र भियतनामले अवलम्बन गरेको रणनीति अवलम्बन गर्नुपरेन । तर सैनिक जनरलले नियन्त्रण गर्ने नक्कली प्रजातन्त्र भएको देश थाइल्यान्डले केही मात्रामा भियतनाम र चीनको रणनीतिको अनुशरण ग-यो । स्वास्थ्य सेवा सुदृढ भएकाले थाइल्यान्ड मेडिकल पर्यटनका लागि समेत प्रसिद्ध छ । यसैगरी थाई सरकारले कोभिड–१९ को सामना गर्न सुरुमै शक्तिशाली कार्यदल बनायो । चीनसँग अत्यन्त राम्रो सम्बन्ध रहे पनि थाइल्यान्डले सफलता हासिल ग¥यो । दुई देशबीच ठूलो स्तरमा हुने मानिस आदानप्रदानले संक्रमण बढ्न सक्थ्यो ।  

तर त्यसो भएन । यस्तै चीनको शक्तिअगाडि निरीह रहने लाओस, चिनियाँ व्यापारी र तस्करले भरिपूर्ण मियान्मा र चीनको नेतृत्वलाई प्रशंसा गरेर नथाक्ने नेता हुन सेन रहेको देश कम्बोडियामा महामारीले त्यति असर गरेन । यी देशमा चिनियाँ निर्माण कम्पनीको बोलवाला छ र महामारी फैलँदा समेत सीमा बन्द नगर्न चिनियाँ दबाब थियो । महामारी हुँदाहुँदै पनि कम्बोडियाका नेता हुन सेनले फेब्रुअरीमा चीनको भ्रमण गरेका थिए । थाइल्यान्डले मार्चसम्म पनि चिनियाँ पर्यटकको स्वागत गरिरहेको थियो । चीनसँग जोडिएको मियान्माको सीमा अत्यन्त असुरक्षित र खुला छ ।  

यति हुँदाहुँदै पनि चिनियाँ यात्रुले किन यी दक्षिण पूर्वी देशमा संक्रमण निर्यात गरेनन् ? कतिपय भने संक्रमण निर्यात भएको तर त्यसको रिपोर्टिङ नभएको तर्क गर्छन् । कम्बोडिया, लाओस र मियान्मामा परीक्षण नगण्य छ । तर मियान्माका विभिन्न भागमा कैयौं क्लिनिक सञ्चालन गरिरहेको च्यारिटी संस्था ‘मेडिकल एक्सन मियान्मा’का फ्रान्क स्मिथिओस ठूलो स्तरमा संक्रमण भएको भए उनको संस्थाको जानकारीमा आउने बताउँछन् । ‘यो सम्भव छैन,’ उनी भन्छन्, ‘कोभिड–१९ जस्तो रोग लुकाउन कानेखुसीमा एक नम्बर मानिने देश मियान्मामा झन् सम्भव छैन ।’ यसैगरी कम्बोडिया, थाइल्यान्ड र भियतनाममा पनि अस्पतालमा भर्ना हुनेगरी व्यापक संक्रमण विस्तार भएको कुनै प्रमाण भेटिएको छैन ।

गरिबतम राष्ट्रले समेत अख्तियार गरेको सही नीतिले संक्रमण नियन्त्रणमा सहयोग पुगेको देखिन्छ । बैंककको चुलालोङकर्न विश्वविद्यालयका थिटिनाम पोङसुधिराक थाइल्यान्डबाट मियान्मा फर्केका आप्रवासी कामदार गाउँमा फर्कंदा पनि १४ दिनको क्वारेन्टिनमा बसेको बताउँछन् । यी देशमा सहरमा भन्दा ग्रामीण क्षेत्रमा धेरै मानिसको बसोबास भएका कारण पनि महामारी रोकथाममा सहयोग पुगेको दाबी जनस्वास्थ विज्ञ गर्छन् । यसैगरी पंखा चलाएर बस्ने र झ्याल खुला राख्ने बानीले रोग नियन्त्रणमा सकारात्मक प्रभाव पारेको देखिन्छ । जनसंख्याको ठूलो हिस्सा युवा रहनु र ठूलो जनसंख्या मास्कको प्रयोगमा यसअघि नै अभ्यस्त भइसकेका कारण पनि महामारी नियन्त्रणमा सहयोग पुगेको हुन सक्छ । यसैगरी यो क्षेत्रमा आपसमा भेट्दा दुई हात जोडेर गरिने अभिवादन ‘वाई’ले पनि सामाजिक दूरी कायम गर्न सहयोग गरेको छ ।  

तर दक्षिण पूर्वी एसियाका यी देशको यो सफलता संक्रमणको दोस्रो अथवा तेस्रो लहर थेग्न सफल होला त ? चुलालोङकर्न विश्वविद्यालयका थिटिनाम यस्तो हुनसक्ने तर्क गर्छन्, ‘चीनबाट भाइरसको कम प्रसारण हुनु कुनै चामत्कारिक विषय होइन, किनभने पछि गएर त्यो विशाल छिमेकी चीन महामारीको शीर्षमा पुगेको थियो ।’ तर हाल आएर संक्रमणका रुट परिवर्तन भएका छन् । विश्वका जुनसुकै स्थानबाट पनि एसियामा संक्रमण बढेको छ र यसले स्थानीय संक्रमणको जोखिम बढाएको छ । यसको पछिल्लो उदाहरण हङकङ हो । यो सातादेखि सुरु भएको ‘बुद्धिस्ट लेन्ट’ नामक चाडपर्वका अवसरमा दक्षिण पूर्वी एसियाका मन्दिरमा भीड सुरु भएको छ र यसले यो क्षेत्रले महामारी नियन्त्रणमा हासिल गरेको सफलतालाई चुनौती दिन सक्छ ।
(इकोनोमिस्टमा प्रकाशित सामग्रीको अनुवाद)

प्रकाशित: २७ श्रावण २०७७ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App