सय दिनदेखि न्युजिल्यान्डमा एक जना पनि कोरोनाबाट संक्रमित भएका छैनन् । न्युजिल्यान्डमा कोही पनि कोरोना पोजिटिभ नदेखिएको आइतबार सय दिन पुगेको हो ।
न्युजिल्यान्डको जनसंख्या जम्मा ५० लाख छ । न्युजिल्यान्डमा जनजीवन सामान्य भएको धेरै दिन भइसक्यो । यहाँ मानिस रंगशालमा खचाखच बसेर खेल हेर्छन् । निर्धक्कसँग बार एवं रेस्टुरेन्ट जान्छन् ।
मार्चको अन्तिमतिर न्युजिल्यान्डमा कडा लकडाउन गरिएको थियो । जतिबेला सय जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । कडा कदम उठाएका कारण त्यहाँ कोरोना संक्रमण फैलिन नपाएको हो ।
पछिल्लो तीन महिनामा केही मानिसमा मात्र कोरोना पोजिटिभ देखिएको थियो, जो बाहिरी देशबाट स्वदेश फर्किएका थिए । विदेशबाट आउनासाथ उनीहरूलाई क्वारेन्टिनमा राखिएको थियो । जसले गर्दा संक्रमण फैलिन दिएन ।
न्युजिल्यान्डमा जम्मा १ हजार ५ सय जना संक्रमित भएका थिए भने तीमध्ये २२ जनाको मृत्यु भएको थियो ।
युनिभर्सिटी अफ ओटागोका महामारी विशेषज्ञ प्राध्यापक डाक्टर माइकल बेकरका अनुसार न्युजिल्यान्डमा कोरोना नियन्त्रण हुनाको कारण विज्ञान र कुशल नेतृत्वको कमाल हो ।
प्रकाशित: २५ श्रावण २०७७ १०:४६ आइतबार