७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतमा एक दिनमै थपिए ६४ हजार संक्रमित, ८ सयको मृत्यु

फाइल तस्बिर

भारतमा एक दिनमा ६४ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर ६४ हजार ३९९ संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण यस अवधिमा ८६१ जनाको मृत्यु भएको छ ।  

योसँगै भारतमा संक्रमितको कूल संख्या २१ लाख ५३ हजार ११ पुगेको छ । जसमध्ये ६ लाख २८ हजार ७४७ जना अझै बिरामी अवस्थामै छन् । 

भारतमा सबैभन्दा बढी संक्रमण कर्नाटक, उत्तर प्रदेश र महाराष्ट्रमा फैलिएको छ । कर्नाटकमा बितेको २४ घण्टामा २ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै उत्तर प्रदेशमा १ हजार १४ र सोही अवधिमा महाराष्ट्रमा १ हजार ४६६ संक्रमित थपिएका छन् ।  

यसैगरी पछिल्लो २४ घण्टामा पश्चिम बंगालमा ८३४ र आन्ध्र प्रदेशमा ८३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

प्रकाशित: २५ श्रावण २०७७ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App