coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सारी बर्खास्त

प्रशिक्षक माउरिसियो सारी

यस सिजनको च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि युभेन्टसले आफ्ना प्रशिक्षक माउरिसियो सारीलाई बर्खास्त गरेको छ। इटालियन क्लब युभेन्टसले शुक्रबार घरेलु मैदानमा फ्रेन्च क्लब लियोनसँग २–१ को जित निकाल्दा समग्रमा २–२ बराबरी भए पनि अवे गोलको आधारमा अन्तिम १६ बाटै च्याम्पियन्स लिग यात्रा टुङ्गाउन बाध्य भएको थियो। त्यससँगै सन् १९९६ पछि च्याम्पियन्स लिग जित्ने युभेन्टसको सपना यसपटक पनि पूरा हुन सकेन र क्लबले सारीलाई बर्खास्त ग¥यो। ‘मोउरिसियो सारीलाई प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गरेका छौं,’लगातार नवौं पटक सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टसले विज्ञप्तीमा उल्लेख गरेको छ।  

६१ वर्षे सारीले चेल्सीलाई युरापा लिग उपाधि दिलाएपछि गत सिजन मात्र मासिमिलियानो एलेग्रीको स्थानमा युभेन्टस समालेका थिए। ‘क्लब उनको योगदानप्रति धन्यवाद दिन चाहन्छ। क्लब लगातार नवौं पटक च्याम्पियन बन्न उनको भूमिका अहम रह्यो,’युभेन्टसले उल्लेख गरेको छ। युभेन्टसलाई घरेलु मैदानमा नवौं पटक उपाधि दिलाउन योगदान दिए पनि युरोपियन प्रतिस्पर्धामा भने उनी असफल भए। युभेन्टसले यस सिजन दुई फाइनल इटालियन कप र इटालियन सुपर कपको उपाधि पनि गुमाएको थियो।  

प्रकाशित: २५ श्रावण २०७७ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App