८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

केरला विमान दुर्घटना : मृत्यु हुनेको संख्या १८ पुग्यो, एक जनामा कोरोना संक्रमण

भारतको केरला राज्यको कोझिकोड विमानस्थलमा शुक्रबार भएको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।  

समाचार एजेन्सी पिटिआईका अनुसार मल्लपुरमका जिल्ला अधिकारी गोपालकृष्णनले दुर्घटनामा घाइते एक जनाको शनिबार मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको हो ।  

दुबईबाट आउँदै गरेको विमान दुर्घटनामा चालक दलका ४ सदस्यसहित १९० जना थिए । यात्रुमध्ये १० जना बच्चा थिए । विमानमा सवार यात्रुमा २६ जना दुबईमा रोजगारी गुमेका थिए भने २८ जना भिसाको म्याद सकिएको थियो । यस्तै ५४ जनाचाहिँ दुबई घुम्न गएका भारतीय थिए ।  साथै ६ जना मेडिकलका कारण र ती जना विवाहका लागि भार आइरहेका थिए ।  

एक मृतकलाई कोरोना

दुर्घटनामा मृत्यु भएका १८ यात्रुमध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

केरलाका सरकारका मन्त्री केटी जलीले बिबिसीलाई दिएको जानकारीअनुसार मृतक १८ जनाकै कोरोना परीक्षण गरिएको थियो । तीमध्ये ८ जनाको रिपोर्ट आएको हो । जसमा एक जनामा कोरोना पोजिटिभ पाइएको हो । बाँकीको नजिता आउन बाँकी छ । बचेका यात्रुमा पनि कोरोना छ÷छैन जाँच गरिने जनाइएको छ ।  

केरलाका स्वास्थ्यमन्त्री केके शैलजाले दुर्घटनाका यात्रुको उद्धारमका खटिएका सबैलाई पनि क्वारेन्टिनमा जान निर्देशन दिएका छन् । बिबिसी हिन्दी

प्रकाशित: २४ श्रावण २०७७ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App