१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

कोरोना भाइरस सङ्क्रमणबाट विश्वमा एक करोड २५ लाख भन्दा बढी मुक्त

विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ।  

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख २४ हजार १८६ जनाको  मृत्यु भएको पनि सो संगठनले जनाइएको छ।  

सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ९५ लाख ४९ हजार ९०१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन्। ती मध्ये एक करोड २५ लाख ५० हजार ६३१ कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन्।  विश्वभरमा  हाल ६२ लाख ७५ हजार ८४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ।

सङ्क्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।  

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ९५ हजार ७४८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार १०४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

दक्षिण अमेरिकामा ४६ लाख २५ हजार ४५४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन्। यहाँ एक लाख ५६ हजार ८०३ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ५९ लाख ९६ हजार ४०२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन्। यहाँ दुई लाख ३२ हजार १२४ जनाको मृत्यु भएको छ।

युरोपमा ३० लाख १० हजार ५१० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ६४५ को मृत्यु भएको छ। एसिया ४८ लाख ६८ हजार ७४६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ६ हजार ७४२ जनाको मृत्यु भएको छ। अफ्रिकामा दश लाख २५ हजार ४६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार ५५३ जनाको मृत्यु भएको छ।  

ओसियानामा २२ हजार ५७२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३०४ जनाको मृत्यु भएको छ। 

प्रकाशित: २४ श्रावण २०७७ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App