coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतकाे एक घरबाट २ करोड चाेरेर नेपाली जोडी फरार

भारतको हैदरबादमा पर्ने सैनिकपुरीस्थित एक घरबाट नेपाली जोडीले भारतीय रुपैयाँ दुई करोडबराबर सम्पत्ति चोरेर फरार भएको आरोप लागेको छ ।    

भारतीय सञ्चारमाध्यमका अनुसार घरेलु कामदारका रूपमा त्यहाँ रहेका उनीहरूले एक स्थानीय घरमा कोही नभएको मौका पारी नगद, गरगहना तथा विद्युतीय उपकरण गरी २ करोड भारतीय रुपैयाँ बराबरको धनमाल लिएर गत आइतबार राति फरार भएका हुन् ।  

द न्यु इन्डियन एक्सप्रेसका अनुसार स्थानीय घरजग्गा व्यवसायी ए नरसिंह रेड्डीको घरबाट उनीहरूले चोरी गरेका हुन् । 

समाचारअनुसार आइतबार राति रेड्डीका छोराको विवाह थियो । त्यस क्रममा नजिकैको घरमा बस्ने गरेका ती दुई नेपालीलाई घर हेर्ने जिम्मा दिएर रेड्डीको पूरै परिवार फलाकनुमा प्यालेस गएको थियो । 

त्यही मौकामा उनीहरूले पैसा, सुन तथा हिराको गहना, विद्युतीय उपकरण लिएर फरार भएको पीडित परिवारको भनाइ छ । सबै गरेर भारतीय रुपैयाँ २ करोड बराबरको सम्पत्ति उनीहरूले लगेको दाबी गरिएको छ ।  

माल्काजगिरीका डीसीपी रक्षिता के मुर्तीले विशेष टोली गठन गरी फरार नेपाली जोडीको खोजी भइरहेको बताएकी छन् । ‘हामीले सिसिटिभीबाट प्रमाण जुटाइसकेका छौं र घटनाको अनुसन्धान थालेका छौं,’ उनले भनिन् ।

प्रकाशित: २२ श्रावण २०७७ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App