coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हङकङमा कोरोना महामारीको तेस्रो लहर सुरु हुन लागेको आशंका

हङकहङमा कोरोना महामारीको तेस्रो लहर सुरु हुन थालेको आशंका गरिएको  छ ।  

बुधबार त्यहाँ थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये तीन संक्रमित स्थानीय हुन् । उनीहरू समुदायस्तरको संक्रमणको सिकार भएको बताइएको  छ ।  

पछिल्लो समय हङकङमा कोरोना संक्रमित हुने क्रम बढ्न थालेपछि त्यहाँको प्रशासन त्रसित भएको छ । त्यहाँ कोरोना महामारीको तेस्रो लहर सुरु हुन थालेको आशंका गरिएको हो ।  

अहिलेसम्म हङकङमा ३७ सय मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने तीमध्ये ४२ जनाको मृत्यु भएको छ ।  

प्रकाशित: २१ श्रावण २०७७ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App