१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले जम्मू–कश्मीर र लद्दाखसहितको नक्सा जारी गरेपछि भारतले के भन्यो ?

पाकिस्तानी सरकारले नयाँ राजनीतिक नक्सा जारी गरेको छ। जम्मू कश्मीर-लद्दाख-जूनागढ समेटेर नक्सा जारी गरिएको हो।  पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार नयाँ नक्साबारे जानकारी दिँदै विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीर नेतृत्वले स्वागत गरेको बताएका छन्।

पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताको उमंगको प्रतिनिधित्व गर्ने खानले बताएका छन्।

भारतले अघिल्लो वर्ष कश्मीरमा उठाएको कमदलाई यस नक्साले अस्वीकार गर्ने खानले बताएका छन्। अब पाकिस्तानका स्कुल, कलेज र सबै ठाउँमा नयाँ नक्सा प्रयोग हुने खानले बताएका छन्।

भारतले पाकिस्तानको नयाँ नक्सा खारेज गरेको प्रतिक्रिया दिएको छ। नयाँ नक्साको कुनै कानुनी वैधता नभएको र अन्तराष्ट्रिय स्तरमा कुनै विश्वसनीयता नभएको भारतीय विदेश मन्त्रालयले बताएको छ।

विदेशमन्त्रालयको विज्ञप्तिमा भनिएको छ, 'हामीले पाकिस्तानको तथाकथित नयाँ नक्सा हेरेका छौं। जुन प्रधानमन्त्री इमरान खानले जारी गरेका छन्। यहाँ भारतीय राज्य गुजरात, केन्द्र शासित प्रदेश जम्मू-कश्मीर र लद्दाख क्षेत्रमा आधारहिन दावेदारी गरिएको छ जुन राजनीतिक मुर्खता हो।'

भारतले सन् २०१९  अगस्टमा भारतीय संविधानको धारा ३७० अनुसार कश्मीरलाई प्रदान गरिएको विशेष राज्यको दर्जा खोसेको थियो। त्यसको एक वर्ष पुगेकै समय पाकिस्तानले नयाँ नक्सा जारी गरेको हो।

यस अघि नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको थियो। भारतले अघिल्लो वर्ष नेपालको भूमि समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो।

 

 

प्रकाशित: २१ श्रावण २०७७ ०५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App