४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

कोरोना महामारीबीच श्रीलंकामा आम चुनाव, यस्तो छ विशेष व्यवस्था

कोरोना महामारीबीच श्रीलंकामा भोलि बुधबार आम चुनाव हुँदै छ । त्यसका लागि विशेष व्यवस्था गरिएको छ ।  

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २२५ सदस्यीय संसदको चुनावका लागि ७ हजार ४५० भन्दा बढी उम्मेदवार मैदानमा छन् ।  

बुधबार हुने मतदानमा १ करोड ६२ लाख मतदाता सहभागी हुँदै छन् ।  झन्डै ४ सय जनाजति कोरोना संक्रमणका कारण मताधिकारबाट वञ्चित हुने भएका छन् ।  

तर बढीभन्दा बढी मतदाताले आफ्नो अधिकार प्रयोग गर्न सक्नेछन्, त्यसका लागि उनीहरू प्रतीक्षामा छन् ।  

अस्पताल वा कोभिड सेन्टरमा १४ दिने क्वारेन्टिन पूरा गरेका र घरमै क्वारेन्टिन बसेका मतदाताका लागि अलग अलग मतदान केन्द्रको व्यवस्था गरिएको छ ।  

चुनाव आयोगका अध्यक्ष महिन्दा देशप्रियाले चुनावका कारण कोरोना संक्रमण नबढ्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।  

उनले मतदातालाई भोट हाल्न आउँदा औंलामा चिह्न लगाउनका लागि आफ्नै कालो वा नीलो मसीको कलम लिएर आउन आग्रह गरेका छन् । कसैले कलम नल्याएका खण्डमा भने उसलाई निर्मलीकरण गरिएको कलम दिइने उनले जानकारी दिएका छन् ।  

प्रकाशित: २० श्रावण २०७७ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App