coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विषाक्त रक्सीका कारण ९८ जनाको मृत्यु भएपछि पन्जाबमा ठूलो त्रास

पन्जाबमा विषाक्त रक्सी पिएका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको छ । 

पन्जाबका सीमा क्षेत्रका जिल्ला अमृतसर, गुरुदासपुर र तरन तारनमा भएको यो भयानक घटनाले ठूलो त्रास सिर्जना गरेको छ ।  

घटनापछि पन्जाब सरकारले उत्पादन शुल्क तथा कर विभागका कम्तीमा ७ कर्मचारीलाई निलम्बन गरेको छ । साथै पन्जाब प्रहरीका सात जनालाई डिउटीमा लापरबाही गरेको अभियोगमा निलम्बन गरिएको छ ।

मदिरा उत्पादन तथा ओसारपसारमा संलग्न २५ जनालाई प्रहरीरले नियन्त्रणमा लिएको छ भने ठूलो मात्रामा रक्सी बरादम गरिएको छ । पन्जाब प्रहरीले राज्यका सयौं स्थानमा छापा मारेको छ । कोरोना महामारीका बीच पन्जाबमा यस्तो आपत आइलागेको हो ।

पन्जाबका मृख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पीडित परिवारलाई दुई दुई लाख राहत दिने घोषणा गरेका छन् । साथै उनले दोषीलाई कडा कारबाही गर्ने आश्वासन पनि दिएका छन् । प्रदेशका विपक्षी पार्टीले भने यो घटना हुनुमा सरकार जिम्मेवार रहेको आरोप लगाएको छ ।  मृत्यु हुनेमा धेरैजसो गरिब मजदुर छन् ।  

प्रकाशित: १९ श्रावण २०७७ ०९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App