८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा पाँचौं दिन पनि ५० हजारभन्दा बढी संक्रमित थपिए

फाइल तस्बिर

छिमेकी मुलुक भारतमा पाँच दिनदेखि लगातार दैनिक ५० हजारभन्दा माथिको संख्यामा कोरोना संक्रमित थपिइरहेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतममा यसरी ५० हजारभन्दा माथिको संख्यामा संक्रमित थपिएको यो पाँचौं दिन हो ।  

मन्त्रालयका अनुसार पछिल्लो १५ दिनयता भारतमा दैनिक संक्रमण दर बढ्दै गएको हो । तर अन्य देशको तुलनामा कोरोनाका बिरामी निको हुने दर पनि ज्यादै राम्रो रहेको भारत सरकारको दाबी छ ।  

भारत सरकारको तथ्यांकअनुुसार अहिलेसम्म देशमा कोरोना संक्रमितको संख्या १८ लाख ३ हजार नाघेको छ । जसमध्ये ११ लाख ८६ हजार निको भइसकेका छन् । यस्तै ५ लाख ७९ हजारभन्दा बढी व्यक्ति भने अझै संक्रमणकै अवस्थामा छन् ।  

अमेरिका र ब्राजिलपछि विश्वमा सबैभन्दा बढी संक्रमित भारतमै छन् । भारतमा कोरोना संक्रमणका कारण अहिलेसम्म ३८ हजार १३५ जनाको मृत्यु भइसकेको छ ।  

प्रकाशित: १९ श्रावण २०७७ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App