८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बोको हरामद्वारा १८ सर्वसाधारणको हत्या

क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ।  

सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ। सो हमलामा परी अरु कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिक गम्भीर रुपमा घाइते भएका बताइएको छ।

बोको हरामका हतियारधारी वद्रोहीहरुले सर्वसाधारणको हत्या गर्ने उद्देश्यले ठूलो संख्यामा उपस्थित भएर उनीहरुमाथि हमला गरेका यहाँका सञ्चारमाध्यमले जनाएका छन्।  

यहाँको एक स्थानीय पत्रिकाले सो समाचार दिएको छ। उक्त पत्रिकाका अनुसार सो क्षेत्रमा शनिबार राति बोको हरामका सशस्त्र विद्रोहीहरुले उक्त क्षेत्रका स्थानीय सर्वसाधारणको हत्या गर्नेगरी सो हमला गरेका थिए।  

बोको हरामले पश्चिमी अफ्रिकामा गएका कैयौँ वर्षहरु देखि ठूलो मात्रामा हमला गर्ने गरेको पाइएको छ।  

जसका कारण यहाँका हजारौँ मानिसको ज्यान गएको छ भने कैयौँ नागरिकलाई अपहरण गर्ने गरेका छन्। पछिल्लो समयमा बोको हरामले आफ्नो अभियानका विरुद्धमा लागेको भन्दै सर्वसाधारण नागरिकलाई तारो बनाउने गरेका छन्।

प्रकाशित: १९ श्रावण २०७७ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App