२० श्रावण २०७७ मंगलबार
अन्तर्राष्ट्रिय

इसाइस समुद्री आँधी फ्लोरिडा नजिक

इसाइस समुद्री आँधीसहितको भिषण वर्षाले बहमासमा बाढी र डुबानको स्थिति सिर्जना भएको छ । अमेरिकी जलवायु विज्ञानका अनुसार यो आँधी कोरोना भाइरसका कारण समस्या झेलिरहेको फ्लोरिडा नजिक आइपुगेको छ ।

बहमासमा करिब २० सेन्टीमिटर वर्षा हुने अनुमान गरिएको छ । स्थानीय समय अनुसार शनिबार अपराह्न २ बजेसम्म इसाइस आँधीको सर्वाधिक वेग १२० किलोमिटर प्रतिघण्टा रहेको छ ।

फ्लोरिडाको तटिय क्षेत्रमा आइतबार बिहान आँधी आइपुग्नु अगाबै समुद्री क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले फ्लोरिडामा वर्षा केही कमजोर हुने अनुमान पनि गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समुद्री आँधी आउनुअघि नै फ्लोरिडामा आपतकालीन स्थिति घोषणा गरेका छन् । आपतकाल घोषणाका कारण फ्लोरिडा राज्यले संघीय सरकारबाट तत्काल आर्थिक सहायता प्राप्त गर्न सक्नेछ । फ्लोरिडा राज्यका गभर्नर रन डिसान्टीसले इसाइस आँधी तटीय क्षेत्रमा आइसकेकाले आम जनतालाई सचेत रहन आग्रह गरेका छन् । 

अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) ले पनि आँधीको सावधानीपूर्वक अध्ययन गरिरहेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई जना अन्तरिक्ष यात्री मेक्सिको खाडी क्षेत्रमा आइतबार अवतरण गर्ने कार्यक्रम छ ।

प्रकाशित: १८ श्रावण २०७७ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App