१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनका अनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ७७ लाख ७८ हजार ६४६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म एक करोड ११ लाख ७७ हजार १३२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५९ लाख १८ हजार १२५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । संक्रमितमध्ये ६५ हजार ६०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४७ लाख ६ हजार ५९ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५६ हजार ७५२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४१ लाख २० हजार ७०५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख ४३ हजार ९०६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५५ लाख २५ हजार २७८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख १९ हजार २८८ जनाको मृत्यु भएको छ । युरोपमा २८ लाख ७९ हजार ३६८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार ४३२ को मृत्यु भएको छ ।  

एशियामा ४३ लाख १ हजार ७७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९६ हजार ७९६ जनाको मृत्यु भएको छ । अफ्रिकामा नौ लाख ३१ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९ हजार ७२६ जनाको मृत्यु भएको छ । ओसियानामा १९ हजार २७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २२६ जनाको मृत्यु भएको छ ।

प्रकाशित: १७ श्रावण २०७७ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App