६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट एकैदिनमा ५७ हजार बढी संक्रमित

भारतमा कोरोना भाइरसबाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएका मध्ये अहिलेसम्मकै सबै भन्दा धेरै हो । अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ संक्रमित भएका छन् । योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म संक्रमितहरुको संख्या १६ लाख ९५ हजार ९९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वेबसाईटमा उल्लेख भए अनुसार कुल संक्रमित मध्ये पाँच लाख ६५ हजार १०३ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी दश लाख ९४ हजार ३७४ जना संक्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५११ जनाको मृत्यु भएको छ । ती मध्ये ७६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाले सबै भन्दा धेरै महाराष्ट्र प्रदेशलाई असर पारेको छ । यस प्रदेशमा अहिलेपनि एक लाख ५० हजार ९६६ जना संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी मृत्यु भएकाहरुको संख्या १९ हजार ९९४ रहेको छ ।

मन्त्रालयका अनुसार तमिलनाडु प्रान्तमा ५७ हजार ९८६ जना संक्रमित अवस्थामै रहेका बेला तीन हजार ९३५ जनाको मृत्यु भएको छ ।

प्रकाशित: १७ श्रावण २०७७ १०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App