१९ श्रावण २०७७ सोमबार
अन्तर्राष्ट्रिय

मानिसको पसिना सुँघेर कोरोना संक्रमण पत्ता लगाउने प्रयास

प्रतिकात्मक तस्बिर

चिलीमा मानिसको पसिना सुँघेर कोरोना संक्रमण छ कि छैन भनेर पत्ता लगाउने प्रयास भइरहेको छ ।  

यसका लागि चिलीका प्रहरी अधिकारीले स्निफर कुकरलाई तालिम दिइरहेका हुन् । यसअघि बेलायतमा पनि कुकुरलाई यस्तै तालिम दिइएको थियो भने परिणाम पनि राम्रै आएको थियो ।  

चिलीमा पहिलो चरणको त्यस्तो तालिममा चारवटा स्निफर कुकुरलाई राखिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।  

राजधानी सेन्टियागोमा उक्त तालिम सञ्चालन भइरहेको छ । तालिममा समावेश कुकुरलाई विशेष प्रकारको जैविक ज्याकेट प्रदान गरिएको  छ ।  

स्निफर कुकुरलाई लागुऔषध, विस्फोटक पदार्थ तथा अपराधी पत्ता लगाउन प्रयोग गर्ने गरिएको भए पनि पछिल्लो समय मलेरिया, क्यान्सर तथा पार्किनसन्सजस्ता रोग पहिचानका लागि पनि परिचालन गर्न थालिएको छ । 

प्रकाशित: १७ श्रावण २०७७ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App