२० श्रावण २०७७ मंगलबार
अन्तर्राष्ट्रिय

कंगोमा सैनिक सिपाहीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ सर्वसाधारणको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कंगोको दक्षिणी किवु प्रान्तको साँगे शहरमा एक सैनिकले बिहीबार राति अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जना सर्वसाधारणको मृत्यु भएको कंगोली प्रहरीले बताएको छ । कंगोली सैनिक स्रोतका अनुसार सैनिक सिपाहीले स्थानीय एक व्यक्तिको फोन चोर्न खोजेको र उक्त समय स्थानीय केही व्यक्ति अघि आई प्रतिकार गरेपछि झडप भएको थियो ।

आफ्नो सुरक्षाका लागि ती सिपाहीले साथमा रहेको पिस्तोल निकाली अन्धाधुन्ध गोली चलाएको बताइएको छ । घटनामा उक्त वस्तीका १४ स्थानीयहरूको मृत्यु भएको स्थानीय समाचारहरूले उल्लेख गरेका छन् । घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

प्रहरीले मृतकलाई पोष्टमोर्टम का लागि र घाइते सबैलाई उपचारका लागि उद्धार गरी अस्पताल पठाएको जानकारी गराएको छ । यस घटनाका सम्बन्धमा अनुसन्धान सुरू गरिएकाले थप विवरणहरू अनुसन्धानपछि आउने अधिकारीहरूले बताएका छन् ।

प्रकाशित: १६ श्रावण २०७७ १९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App