८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

हङकङमा कोरोना फेरि जाग्न थाल्यो, लगाइयो अहिलेसम्मकै कडा प्रतिबन्ध

तस्बिर : इपिए

हङकङमा फेरि कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । दैनिक संक्रमित भेटिन थालेपछि हङकङ सरकारले अहिलेसम्मकै कडा नियम लागू गरेको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार बुधबारदेखि हङकङमा रेस्टुरेन्टमा खाना खान, फरक घरका २ व्यक्तिभन्दा बढी भेला हुन प्रतिबन्ध लगाउनाका साथै सार्वजनिक स्थलमा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम गरिएको हो ।

यसअघि कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल हङकङमा फेरि केही दिनयता लगातार दैनिक सयभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका हुन् । यसैकारण हङकङमा यसविरुद्धका प्रतिबन्ध कडा पारिएको हो । बार, जिमखाना तथा ब्युटिपार्लर यसअघिदेखि नै बन्द छन् ।

हङकङमा बिहीबार थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण २३ जनाको मृत्यु भएको छ ।

यसअघि गत सोमबार पनि त्यहाँ १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

सेन्टर फर हेल्थ प्रोटेक्सनको संक्रामक रोग विभागका प्रमुख डा। चुआङ सुकक्वानले भनेका छन्, ‘अहिले रमाइलो गर्ने समय होइन । अहिलेको समस्या विचार गर्न जरुरी छ । अवस्था अझै भयावह बनिसकेको छ छैन तर दैनिक आइरहेको तथ्यांकले चिन्ता बढाएको छ ।’

हङकङमा कोरोना महामारी फैलिन थालेपछि स्थानीय वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।  

प्रकाशित: १४ श्रावण २०७७ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App