८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा मास्क नलगाउनेलाई २ वर्ष जेल, १ लाख जरिवाना !

मुख्यमन्त्री हेमन्त सोरेन । तस्बिर : बिबिसी हिन्दी

कोरोना संक्रमण बढ्दै गएपछि भारतको झारखण्ड राज्यले घरबाहिर निस्केपछि मास्क अनिवार्य लगाउनुपर्ने अन्यथा कडा कारबाही हुने कडा कानुन बनाएको छ ।  

झारखण्ड राज्यको मन्त्रिपरिषद्ले ‘झारखण्ड संक्रामक महामारी विधेयक’ पारित गरेपछि सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई २ वर्ष जेल वा १ लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान लागू भएको हो ।  

राज्यका मुख्यमन्त्री हेमन्त सोरेनले बुधबार साँझ यो जानकारी दिएका हुन् । उनले भने, ‘सरकारले कहिलेकाहीं कठोर निर्णय पनि गर्नुपर्छ । कोरोना महामारीलाई ध्यान दिँदै हाम्रो परिषद्ले यस्तो निर्णय गरेको हो । हाम्रो आग्रह छ– बिनामास्क घरबाट बाहिर ननिस्कनुहोला । अन्यथा कानुन लागू हुन्छ । यो कानुन हरेकलाई लागू हुन्छ ।’

झारखण्डमा ६ हजारभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भइसकेको छ । जसमध्ये ६० भन्दा बढी बिरामीको मृत्यु भइसकेको छ ।  

बुधबारको परीक्षणमा झारखण्ड विधानसभाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री सीपी सिंहलाई समेत कोरोना पुष्टि भएको छ ।  

यसबीच विधायकलाई पनि कोरोना संक्रमण भएपछि झारखण्ड विधानसभा सचिवालय तीन दिनका लागि बन्द गरिएको बीबीसी हिन्दीले जनाएको छ । 

प्रकाशित: ८ श्रावण २०७७ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App