८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बिहारमा बुधबार चट्याङ लागेर १२ को मृत्यु

भारतको बिहार राज्यमा बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ। यस वर्षको मौसम शुरु भएदेखि नै बिहारमा चट्याङले ठूलो क्षति पु-याएको बताइएको छ। बिहारको विपद् व्यवस्थापन विभागले बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको जनाएको छ।

अघिल्लो हप्तासम्ममा यहाँ यस प्रकोपका कारण एक सय जनाभन्दा बढीको मृत्यु भएको बताइएको थियो। यसैबीच बिहार सरकारले मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ। समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले सो घोषणा गरेका हुन्।  

उनले बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको सूचना पाएको भन्दै मृतकका परिवारलाई सो सहयोग गर्ने बताएका हुन। यहाँ पछिल्ला दिनहरुमा वर्षासँगै परेको चट्याङलले लागेर एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ।  

पछिल्ला हप्ताहरुमा बिहारमा मौसम खराब रहेकोले बाढी पहिरोबाट जोगिन बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको छ। 

प्रकाशित: २५ असार २०७७ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App