१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक भारत

फाइल तस्बिर

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भएको मुलुकमा भारत तेस्रो बनेकाे छ। अमेरिका र ब्राजिलपछि विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा देखिएका हुन्। 

वर्ल्डओमिटरको तथ्यांकअनुसार सोमबार दिउँसो १ बजेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ६ लाख ९८ हजार २ सय ३३ पुगेको छ। तीमध्ये १९ हजार ७ सय ३ जनाको मृत्यु भएको छ भने ४ लाख २४ हजार ९ सय २८ व्यक्ति निको भइसकेका छन्।  

विश्वमा कोरोना महामारीबाट सबैभन्दा बढी पीडित अमेरिका छ। त्यहाँ अहिलेसम्म कोरोना संक्रमितको कूल संख्या २९ लाख ८२ हजार ९ सय २८ पुगेको छ भने तीमध्ये १ लाख ३२ हजार ५ सय ६९ जनाको मृत्यु भएको छ। यस्तै संक्रमितमध्ये १२ लाख ८९ हजार ५ सय ६४ जना निको भएका छन्।  

अमेरिकापछि विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित ब्राजिलमा छन्। त्यहाँ अहिलेसम्म १६ लाख ४ हजार ५ सय ८५ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। तीमध्ये ६४ हजार ९ सय जनाको मृत्यु भइसकेको छ भने ९ लाख ७८ हजार ६ सय १५ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ।    

प्रकाशित: २२ असार २०७७ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App